काठमाडौं – राहदानी विभागले राहदानी वितरणमा देखिएको प्राविधिक समस्या समाधान भएको दाबी गरेको छ । विभागले आइतबार एक सूचना जारी गर्दै विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको जनाएको हो ।
विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो । सेवा चुस्त दुरुस्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकलाई परिचालन गरेको थियो ।
समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडीमीया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकले प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा पुन संचालन भएको हो ।
विभागले राहदानीको आवेदन दिएका आवेदकलाई मोबाइलमा म्यासेज पठाएपछि अथवा नेपाल इ पासपोर्ट एपमा राहदानी तयार भएको जानकारी प्राप्त भएपछि मात्र राहदानी लिन विभाग आउन पनि आग्रह गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।...