
काठमाडौं — सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
अब पेट्रोल प्रतिलिटरको १७५ तथा डिजेल र मट्टितेल प्रतिलिटरको १७२ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई ईन्धनको आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटाएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।
खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन । निगमकाा प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार निगमले नेपाल सरकार र इण्डियन आयल कर्पोरेसनको करिव १८ अर्ब रुपैयाँ ऋण तिर्न वाँकी छ ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...