
काठमाडौं – उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजबादी पार्टीको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन सर्वसम्मतले निर्वाचित भएका छन् ।
मधेस प्रदेशको पहिलो कार्यलयमा प्रदेश सभाको सभामुख रहेका यादव सोमबार मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको समर्थनमा सर्वसम्मत दलको नेता चयन भएका हुन् ।
यसअघि राउतले अडान नछाडेपछि निर्वाचनको प्रकिया अघि बढाइएको थियो । यादव र राउत दुवैले दलको नेताका लागि उम्मेदवारी दिएका थिए । तर, पछि राउतले यादवलाई समर्थन गरेपछि उनी दलको नेता चयन भएका हुन् ।
एक सय सात सदस्य रहेको मधेश प्रदेश सभामा जसपाका प्रत्यक्ष र समानुपातिक गरी १६ जना प्रदेश सभा सदस्य छन् । मधेश प्रदेशमा जसपाले सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्रीको दाबी गरेको छ । त्यसैले पनि जसपाको संसदीय दलको नेता हुन प्रदेशसभाका पूर्वसभामुख यादव र पूर्वमुख्यमन्त्री राउतबीच प्रतिष्पर्धा भएको थियो ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...