
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनु पर्ने पक्षमा उभिएका छन् ।
मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बोलाएको पार्टी पदाधिकारी बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने प्रस्ताव गरेका हुन् । तर, कांग्रेसका पदाधिकारीहरु भने दाहाल नेतृत्वको सरकारलाई अहिले नै विश्वासको मत दिनु पर्ने पक्षमा देखिएका छैनन् ।
विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय कार्यसमितिले निर्णय गर्नु पर्ने माग गरेका थिए । कांग्रेसले विगत तीन महिनायता केन्द्रीय कार्यसमिति बैठक बोलाएको छैन भने तत्काल बस्न सम्भव पनि छैन । त्यसैले कार्य सम्पादन समितिको बैठकबाट देउवाले आफ्नो प्रस्ताव अनुमोदन गराउन लागेका हुन् ।
‘केन्द्रीय कार्यसम्पादन समितिमा देउवाको बहुमत रहेकोले उनको प्रस्ताव पारित हुनेमा कुनै शंका छैन’ एक केन्द्रीय सदस्यले नयाँ विकल्पसँग भने ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...