यी ५ सांसद जो प्रतिनिधि सभाको मंगलबारको बैठकमा समेत आएनन्, किन ? – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

यी ५ सांसद जो प्रतिनिधि सभाको मंगलबारको बैठकमा समेत आएनन्, किन ?


काठमाडौ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका विस्वासको मतको प्रस्तावको विषयमा मतदान गर्न समेत पाँच सांसद आएनन् ।

प्रतिनिधि सभाका २७५ मध्ये पाँच सांसद किन उपस्थित भएनन् ? भन्ने धेरैलाई जिज्ञासा हुन सक्छ । मंगलबारको बैठकमा मात्र होइन, यसअघिको बैठकमा समेत नेकपा एमालेको तर्फबाट महोत्तरी क्षेत्र नम्वर १ बाट विजयी लक्ष्मी महतो कोइरीमाथि फौजदारी अभियोग लागेका कारण संसद बैठकमा आउन पाउँदैनन् ।

एमाले सांसद कोइरीमाथि २०७२ साल भदौमा शसस्त्र प्रहरी हवल्दार थमन बिकलाई एम्बुलेन्सबाट वाहिर निकाली जलेश्वरमा हत्या गरेको अभियोग छ ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित टेकबहादुर गुरुङबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भृकुटीमण्डपको जग्गा लिजमा लिँदा भ्रष्टाचार गरेको अभियोग लगाएर मुद्धा दायर गरेको छ ।

मंगलबारको बैठकमा कांग्रेसकी समानुपातिक सांसद अम्बिका बस्नेतलाई मातृशोक परेका कारण उपस्थित भइनन् । कांग्रेसकी अर्की सांसद मनोरमा शेरचन अस्वस्थ भई उपस्थित भइनन् । सभामुखको भूमिका निर्वाह गरिरहेका राप्रपाका सांसद तथा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले भने कतै पनि मत दिएनन् ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ पुष २६, १९: १२

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ पुष २६, १९: १२

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ पुष २६, १९: १२

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...