
काठमाडौं – प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिएका हुन् । उनले सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् ।
नेपालको संविधानमा प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण नतिजा आएपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...