
दमक । चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको आरोप लगाउँदै यहाँको आम्दा अस्पतालमा आक्रोशित समूहले अस्पताल तोडफोड गरेको छ ।
आक्रोशित समूहले प्रसूति गृहमा तोडफोड गरेर लाखौंको सम्पति नष्ट गरेका छन भने अस्पतालमा जडान भएका सिसी क्यामेरा फुटाएका छन् । पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो ।
मंगलबार बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि नवजात शिशुको मृत्यु भएको थियो । अस्पतालमा शिशुको निधन भएको भन्दै गाउँपालिका अध्यक्ष खड्काले दलबलसहित अस्पतालको प्रसुती विभागमा तोडफोड गरेका थिए भने चिकित्सक र नर्सहरु ज्यान जोगाउन भागेका थिए ।
सुत्केरी आमाको अवस्था जटिल भई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको गाउँपालिका अध्यक्ष खड्काले बताएका छन् । अस्पताल तोडफोड गर्दै शल्यक्रिया कक्षमा प्रवेश गर्न खोज्नेलाई प्रहरीले रोकेको थियो ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले तोडफोडमा संलग्न दोषीको खोजी भइरहेको भनेर मंगलबार जनाएका थिए । तर, उनले राजनीतिक दबाबमा परेर प्रशासनको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भई रहेको बताए ।
आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै स्वास्थ्यकर्मी नै असुरक्षित भएपछि पोशाक परिवर्तन गरेर भाग्नु परेको बताए ।
राजनीतिक दबाममा परेर गाउँपालिका अध्यक्षको नेतृत्वमा भएको तोडफोड र क्षतिलाई सामसुम पार्न खोजिएको अस्पताल प्रसासनका एक अधिकृतले बताए । खड्का गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनम नेपाली कांग्रेसबाट बिजयी भएका थिए ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...