
बीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कर्णाली प्रदेश सभाको ४० सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।
माओवादी संसदीय दलका नेता समेत रहेका शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीा एक –एक जना सदस्यले समर्थन गरेका छन् ।
कर्णाली प्रदेशमा सरकारको नेतृत्व माओवादी र एमालेले आलोपालोमा चलाउने सहमती भएको छ । दुई पार्टी माओबादी र एमालेले साढे दुई –दुई वर्ष सरकार चलाउने सहमति भएको छ । कर्णाली प्रदेशमा कांग्रेसका १४ प्रदेश सभा सदस्य छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...