रेशम चौधरीको समर्थनले एमालेका रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त – Naya Bikalpa
February 9, 2025, Sunday

रेशम चौधरीको समर्थनले एमालेका रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता तथगा प्रदेश सभा सदस्य राजेन्द्र रावल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावललाई हाल सदरखोर चार खालमा ज्यामुद्धामा सजाय भोगीरहेका रेशम चौधरी संरक्षक भएको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेपछि मुख्यमन्त्रीको दाबी प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका ७ जना सदस्य छन् । मुख्यमन्त्रीमा नियुक्त रावललाई नेकपा माओवादी केन्द्र, र राप्रपाको समर्थन छ ।

सुदूरपश्चिममा सरकार गठनका लागि २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्ने छ । प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्रीमा नियुक्त रावल कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ ।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०७९ पुष २७, १९: ३६

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०७९ पुष २७, १९: ३६

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०७९ पुष २७, १९: ३६

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...