
पोखरा । गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य कृष्णप्रसाद धिताल निर्वाचित हुने निश्चित भएको छ ।
माओबादी केन्द्र प्रदेश सभा संसदीय दलको नेताको आकांक्षी रहेका धिताललाई माओबादीले सभामुखमा सर्बसम्मत उम्मेदवार बनाएको हो । धिताललाई गण्डकी प्रदेशमा रहेका सत्तारुढ गठबन्धन दलको समर्थन रहेको छ ।
गण्डकी प्रदेशको माओबादी संसदीय दलको नेतामा तनहुँका हरि चुमान निर्वाचित भएपछि धिताललाई सभामुख बनाइएको हो । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनले एमालेका खगराज अधिकारीलाई प्रस्ताव गरेको थियो ।
माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन् । सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भैसक्नुपर्ने व्यवस्था छ ।
१८ पुसमा बसेको पहिलो बैठक हिसाव गर्दा माघ २ गते भित्र सभामुखको निर्वाचन हुने छ । माओबादी प्रदेश सभा सदस्य धिताल गोरखाको क्षेत्र नम्वर १ को ‘क’ बाट निर्वाचित भएका हुन् ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका...
काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी...
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।...