प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) २४ को काज सरुवा, हेर्नुस– सूचीसहित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) २४ को काज सरुवा, हेर्नुस– सूचीसहित

काठमाडौं — नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले २४ प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) को विहीबार नै काज सरुवा गरेको छ ।

प्रधान कार्यालयद्वारा जारी सूचना अनुसार काठमाडौं जिल्लाका एसएसपी भरतबहादुर बोहोरालाई सुपरिवेक्षण तथा अनुगमन महाशाखामा सरुवा गरिएको छ भने उनको स्थानमा दानबहादुर कार्कीलाई ल्याइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानका जनक भट्टराईलाई सुरक्षा सेवा व्यवस्थापन महाशाख नक्सालमा सरुवा गरिएको छ भनेका उनको ठाउँमा डा. मनोज केसीलाई ल््याइएको छ । भरतबहादुर बोहरालाई जिल्ला प्रहरी परिषर काठमाडौंबाट सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा गरिएको छ ।

रविन्द्र केसीलाई अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्सालमा, लालमणि आचार्यलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, यज्ञबिनोद पोखरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, चन्द्कुवेर खापुङलाई प्रदेश कार्यालय बनेपामा, अजुृन चन्द ठकुरीलार्य कार्य निर्देशनालय नक्सालमा, कृष्णहरि शर्मा पोखरेललाई बागमति प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा काज सरुवा गरिएको छ ।

यस्तै, यज्ञबहादुर सिंहलाई मानवश्रोत विकास विभाग बृत्ति विकास महाशाखा, डिल्लीराज पन्तलाई बृत्तिविकास महाशाखा, मोहन प्रसाद पोखरेललाई अपराध अनुसन्धन विभाग नक्सालमा सरुवा गरिएको छ ।

अनुराग कुमार द्विवेदीलाई अपराध अनुसन्धान विभाग नक्सालमा, योगबहादुर पाललाई प्रदेश कार्यालय महेन्द्रनगरमा, भोलाबहादुर रावललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा,गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा, सिद्धिबिक्रम शाहलाई जिल्ला प्रहरी परिषर ललितपुरमा, सुशिलसिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

आईजीपीको सचिवालयमा काजमा कार्यरत दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिषर काठमाडौंमा ल्याइएको छ भने मिलनकुमार श्रेष्ठ (क)लाई मानवबेचविखन अनुसन्धान व्युरोमा सरुवा गरिएको छ ।

ईश्वर कार्कीलाई मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, अरुण पौडेललाई गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, रेवती ढकाललाई प्रहरी प्रदेश कार्यालय भैरहवामा र एयरपोर्टका.एसएसपी दिपेन्द्र घर्ति क्षेत्रीलाई प्रहरी महानिरिक्षक (आईजीपी)को सचिवालयमा सरुवा गरिएको छ ।

 

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २९, १३: ५३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २९, १३: ५३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ पुष २९, १३: ५३

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...