पार्टी एकताअघि एकीकृत समाजबादी र जनता समाजबादीबीच मोर्चा बनाउने सहमति – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पार्टी एकताअघि एकीकृत समाजबादी र जनता समाजबादीबीच मोर्चा बनाउने सहमति


काठमाडौँ । उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादी (एस) बीच पार्टी एकता गर्नुअघि मोर्चा बनाउने सहमति भएको छ ।

दुई पार्टीबीच एकताका लागि विहीबार भएको वार्तामा सो सहमति भएको जनाइएको छ । एकताका लागि केही समय लाग्ने भएका कारण छलफल गर्दै गर्ने र दुई पार्टीबीच मोर्चा बनाएर अगाडि बढ्ने सहमति भएको जसपा वार्ता समिति सदस्य गोविन्द चौधरीले जानकारी दिए ।

अब हुने वार्तामा दुवै पक्षबाट आ–आफ्नो पार्टीको तर्फबाट एजेण्डा प्रस्तुत गर्ने र त्यसमा एकएक विषयमा छलफल गर्दै जाने सहमति भएको छ । एजेण्डामाथि छलफल गर्दा सरल र जटिल विषयवस्तु सूचीकृत गर्दै जाने, सहमति हुन सक्नेमा विषयलाई टुङ्ग्याउँदै जाने सहमति भएको जनाइएको छ ।

जुन विषयमा सहमति हुन सक्दैन, त्यसलाई जटिल विषयवस्तुमा सूचीकृत गर्ने र त्यसलाई शीर्ष तहबाट नै टुङ्गो लगाउने सहमति भएको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष २९, १४: ४५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २९, १४: ४५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २९, १४: ४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...