
विराटनगर । नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाईँ जीवन आचार्य प्रदेश नम्वर १ का प्रदेश मन्त्री भएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगा दाहालका श्रीमान जीवन आचार्यलाई शुक्रबार मन्त्रीमा नियुक्त गरेका हुन् ।
दोस्रो पटक मन्त्री परिषद विस्तार गर्ने क्रममा मुख्यमन्त्री कार्कीले थप तीन जना मन्त्री नियुक्त गर्दा प्रचण्डका ज्वाई आचार्यलाई पनि समेटेका हुन् । मोरङको क्षेत्र नम्वर ७ ‘क’बाट निर्वाचित आचार्यलाई मन्त्री बनाएपछि माओबादीबाट निर्वाचित अन्य प्रदेश सभा सदस्यहरु असन्तुष्ट बनेका छन् ।
शुक्रबार भएको प्रदेश मन्त्रीपरिषद विस्तारमा माओबादी केन्द्रबाट आचार्यसहित सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी र एमालेबाट तेह्रथुमका दुर्गा चापागाईँलाई पनि मन्त्री बनाइएको छ । तर उनीहरुलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...