
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र सभामुखको निर्वाचनअघि नेपाली कांग्रेससँग परामर्श गर्ने बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार केही संचारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गर्दै उनले राष्ट्रपति र सभामुखको निर्वाचन लगायतका विषयमा माघ ३ गते सर्वदलीय बैठक डाक्ने बताए ।
उनले बैठकमा विश्वासको मत दिने नेपाली कांग्रेससहित अन्य दलहरूलाई पनि बोलाइने बताए ।
उनले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा आफू रहेको प्रस्ट पारे । ‘कांग्रेसले पनि विश्वासको मत दिएको छ। उहाँहरूलाई सर्वदलीय बैठकमा सहभागी गराएर समसमायिक विषयमा छलफल गर्ने मेरो दायित्व पनि बनेको छ,’ उनले भने ।
उनले राष्ट्रिय महत्त्व बोकेका विषयमा राष्ट्रियरूपमा नै सहमति कायम गर्ने बताए। ‘माघ ३ गतेसम्म सर्वदलीय छलफल गर्ने तयारीमा छु। सर्वदलीय बैठकमै आएको विचारपछि राष्ट्रपति र अन्य पदमा छलफल हुन्छ,’ उनले भने।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...