काठमाडौं – पोखराको सेती नदी खोचमा दुर्घटनामा परेको यति एयरलाईन्स जहाजका हराएका यात्रुको अवस्था खोजी कार्य सोमबार बिहानसम्म स्थागित भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रातको समयमा उद्धार गर्न कठिन हुने भएकाले सोमबार बिहानैदेखि खोजी कार्य सुरु गर्ने गरी फौज घटनास्थलमै रहेको छ ।
विमान दुर्घटना भएको खबर पाएपछि नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो। उद्धारमा करिब २ सय सेनाका फौज खटिएका थिए।
जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरिएको सेनाले जनाएको छ । यति एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा सवार ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तीन जना हराइरहेको जनाएको छ ।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...