सत्ता गठबन्धनबाट लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुखमा खाँण उम्मेदवार – Naya Bikalpa
February 9, 2025, Sunday

सत्ता गठबन्धनबाट लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुखमा खाँण उम्मेदवार

दाङ । सत्तारुढ दलको गठबन्धनबाट लुम्बिनी प्रदेशको सभामुखमा माओबादी केन्द्रका प्रदेश सभा सदस्य तुलाराम घर्ती र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाँड केसीले उम्मेदवारी दिने भएका छन् ।

सत्तारुढ दलबाट मुख्यमन्त्री एमालेले पाएपछि सभामुख माओवादीलाई र उपसभामुख राप्रपालाई दिने सहमति भएको थियो । सभामुख र उपसभामुख चयनका लागि सोमबार आज दिउसो उम्मेदवारी दर्ता र भोलि मंगलबार निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

माघ ३ गते हुने सभामुख निर्वाचनका लागि माओवादी केन्द्रबाट पाल्पा २ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाँण केसीलाई उम्मेदार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए । ८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरुको समर्थन रहेको छ ।

लुम्विनी प्रदेशमा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार(चार, जसपा, जनमत र लोसपाका तीन–तीनजना तथा दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले घर्ती र खाँणले जित्ने पक्कापक्की जस्तै छ । नेपाली कांग्रेससँग बहुमत नभएकाले उम्मेदारको टुंगो लगाउन सकेको छैन ।

 

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०७९ माघ २, १३: १२

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०७९ माघ २, १३: १२

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०७९ माघ २, १३: १२

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...