काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् ।
संघीय संसद सचिवालयमा बुधबार दिउँसो उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।
घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओबादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।
घिमिरे गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नम्वर २ बाट निर्वाचित भएका सांसद हुन् । उनी एमालेको १ नम्वर प्रदेश इन्चार्ज पनि हुन् ।
सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको मंगलबार (आज) निधन भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा...
नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...