
जनकपुरधाम । मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन् । सभामुख मण्डल र उपसभामुख ईशरलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थिति थियो ।
मंगलबार बसेको मधेश प्रदेश सभा बैठकले मण्डललाई सभामुखमा चयन गरेको थियो । मण्डलले ७४ मत पाएका थिए । यो प्रदेशमा कुल १०७ सदस्यीय प्रदेशसभा सदस्यमा १०३ जनाले मत विभाजनमा भाग लिएका थिए ।
मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा, माओवादी, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र सांसदहरुको समर्थन थियो।
प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका ७, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसदहरू निर्वाचित भएका छन् ।
प्रदेशसभाका सभाध्यक्ष ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन्। सभामुखमा चयन हुन ५२ मत आवस्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो। उनको विपक्षमा २९ मत खसेको थियो।
यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत ईशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षम ७२ मत प्राप्त भएको थियो। उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ सांसदले सहभागिता जनाएका थिए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...