उपसभामुखको निर्वाचनका लागि कांग्रेसद्वारा ह्वीप जारी – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

उपसभामुखको निर्वाचनका लागि कांग्रेसद्वारा ह्वीप जारी

काठमाडाैं । नेपाली कांग्रेसले भोली माघ ७ गते शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा हुने उपसभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन, तठस्थ नबस्न र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न ह्वीप (निर्देश ) जारी गरेको हो ।

नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले उक्त बैठकमा यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा र सांसद इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको कांग्रेस संसदीय दलका अधिकृत विजयेन्द्र बीर आलेद्वारा जारी विज्ञप्तिमा जनाईको छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद मुक्ताकुमारी यादवको उम्मेदवारीको प्रस्तावक कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे थिए भने समर्थकमा नेकपा एकीकृत समाजबादीका मेटमणी चौधरी र लोकतान्त्रिक समाजबादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरको उम्मेदवारीको प्रस्तावक सोही पार्टीकी सांसद सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ र माओबादी केन्द्रकी नारायणी शर्मा थिइन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ ६, १७: ५५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ ६, १७: ५५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ ६, १७: ५५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...