काठमाडौं । सरकारले न्यायाधीशहरु र संवैधानिक निकायका पदाधिकारीहरुको मासिक तलवमानमा बृद्धि गरेको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रधानन्यायाधीशको तलब १ लाख २ हजार २९३ रुपैयाँ र सर्वोच्चका न्यायाधीशहरुको तलब ८५ हजार ४३ रुपैयाँ तोकेको छ ।
न्यायपरिषदका सदस्य र महान्यायाधीवक्ताको तलब मनि सर्वोच्चका न्यायाधीश सो सरह हुने छ । उच्च अदालतका मुख्य न्यायाधीशको तलब ८० हजार ७०७ र न्यायाधीशको ७६ हजार ३८३ रुपैयाँ तोकिएको छ । जिल्ला न्यायाधीशको मासिक तलब ६४ हजार ८९५ रुपैयाँ तोकिएको छ । सर्वोच्चदेखि जिल्ला न्यायाधीशसम्मको तलव र अन्य सुविधा ऐनमा तोकिएको छ ।
संवैधानिक निकायका प्रमुखको मासिक तलब ८० हजार ७०७ रुपैयाँ र सदस्यहरुको तलब ७७ हजार ६६० रुपैयाँ तोकिएको छ । राष्ट्रिय सूचना आयोगका अध्यक्ष र सदस्यहरुको हकमा पनि संवैधानिक निकायका अन्य प्रमुख र पदाधिकारीको तलब बमोजिम नै हुने छ ।
योजना आयोगका उपाध्यक्षको मासिक ७९ हजार ३८५ रुपैयाँ र सदस्यहरुको ७७ हजार ६६० रुपैयाँ छ । संघीय संसदका महासचिवले मुख्यसचिव र सचिवहरुले नेपाल सरकारका सचिव सरह हुनेगरी सुविधा पाउने भएका छन् ।
सरकारले कर्मचारीहरुको तलबवृद्धि भएको ६ महिनापछि राजपत्रमा सूचना निकालेको हो । सूचना निकाल्न ढिलाइ गरेका कारण साउनपछि अवकाश पाउने संवैधानिक पदाधिकारीहरु र न्यायाधीशहरुको पेन्सनपट्टा बनेको थिएन, अब भने बाटो खुलेको छ ।
हाल सबै पदाधिकारीहरुले बढ्नुअघिको तलबसुविधा लिइरहेका छन् । साउनपछि बढेको तलब भने हिसाब गरेर एकमुष्ट रुपमा पाउने भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको मंगलबार (आज) निधन भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा...
नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...