
काठमाडौं – नेपाली कांग्रेसले अर्को महिना फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उमेदवारी दिने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,’ कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने, ‘उमेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौंं । तर, उमेदवारी भने दिन्छौँ ।’
राष्ट्रपति बिद्यादेवी भण्डारीको पाँच वर्षे दोश्रो कार्यकाल यही फागुन २१ गते सकिँदैछ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...