प्रधानमन्त्री भन्छन् ‘गणतन्त्र र संघीयताबिरूद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टिकरण सोध्छु’ | Naya Bikalpa
February 7, 2023, Tuesday
उपप्रधानमन्त्री लिङ्देनलाई सोध्लान त प्रधानमन्त्रीले स्पष्टिकरण ?

प्रधानमन्त्री भन्छन् ‘गणतन्त्र र संघीयताबिरूद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टिकरण सोध्छु’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का कुनै पनि सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन् ।

उनले भने ‘मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर यहाँ केही माननीय सदस्यले,सुनाउनु भयो, मेरो ध्यानाकर्षण भएको छ । मन्त्रिमण्डल बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दललाई हुन्छ । तर, मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार र कानुनी रुपले पनि हुन सक्दैन ।’

उनले संघीयता खारेजीसम्बन्धी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने सदनलाई जानकारी दिए । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा उर्जा जलश्रोत तथा सिँचाई मन्त्री राजेन्द्र लिङ्देनले आफूहरु सरकारमा गएर पनि राजसंस्था र हिन्दु राज्यको पक्षमा दबाब श्रृजना गरिरहने बताएका थिए ।

राष्ट्रिय प्रजान्त्रन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री लिङ्देनलाई प्रधानमन्त्री दाहालले स्पष्टिकरण सोध्ने जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार

सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
  • २०७९ माघ १०, १६: ०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...

सुदूरपश्चिम सरकारसँग चिढियो नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत नदिने निर्णय
सुदूरपश्चिम सरकारसँग चिढियो नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत नदिने निर्णय
  • २०७९ माघ १०, १६: ०५

काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...

जग्गाको वर्गीकरण  यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव
  • २०७९ माघ १०, १६: ०५

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।...