सौन्दर्य प्रतियोगीमाथि यौन दुुराचार गरेको अभियोगमा मनोज पाण्डे दोषी ठहर | Naya Bikalpa
February 7, 2023, Tuesday

सौन्दर्य प्रतियोगीमाथि यौन दुुराचार गरेको अभियोगमा मनोज पाण्डे दोषी ठहर

 

काठमाडौं – जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई अदालतले दोषी ठहर गरेको छ ।

जिल्ला न्यायाधीश दीपक खनालको मंगलबारको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेका हुन् । पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ ।

मानव बेचबिचन कसुरमा भने दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकेको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार मुद्दा लगाएको थियो ।

 

सम्बन्धित समाचार

सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
सरकारी बिदाहरू धेरै भए, पुनर्विचार आवश्यकः प्रधानमन्त्री दाहाल
  • २०७९ माघ १०, २२: ४९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...

सुदूरपश्चिम सरकारसँग चिढियो नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत नदिने निर्णय
सुदूरपश्चिम सरकारसँग चिढियो नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत नदिने निर्णय
  • २०७९ माघ १०, २२: ४९

काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...

जग्गाको वर्गीकरण  यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव
जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न भूमि व्यवस्था मन्त्रालयको सुझाव
  • २०७९ माघ १०, २२: ४९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।...