काठमाडौं – बाजुरामा मंगलबार दिउँसो गएको ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाजुराको गौमुल गाउँपालिका २ का जमुना रोकायाको भुकम्पबाट मृत्युभएको हो । ।
भुकम्पमा परि गौमुल गाउँपालिका–१ मा अन्य तीन जना घाइते भएका छन् । भूकम्पले ४० घरमा क्षति पुर्याएको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काकाले जानकारी दिए । उनका अनुसार ४० घरमा पूर्ण र केही घरमा आंशिक रुपमा क्षति पुगेको हो ।
यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी गइरहेको र थप विवरण वडा कार्यालय, प्रहरी कार्यालय लगायतका निकायबाट संकलन भइरहेको प्रशासनले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्...
काठमाडौं । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ । भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।...