किसानले लागत मुल्य नपाएपछि सडकमा तरकारी फ्याकेर गरे बिरोध – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper
विदेशबाट आयातित तरकारी नियन्त्रणमा सरकारको उदासिनता

किसानले लागत मुल्य नपाएपछि सडकमा तरकारी फ्याकेर गरे बिरोध

चितवन । नेपालमा उत्पादित तरकारीले उत्पादन अनुसारको लागत मुल्य समेत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले शुक्रबार नारायणगढको पुल्चोकमा तरकारी फ्याकेर विरोध जनाएका छन्।

उनीहरुले भारतीय तरकारीको जथाभावी वर अनियन्त्रित आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फ्याकेर सरकारी नीतिको विरोधस्वरुप आन्दोलन गरेका हुन्।

‘नेपालमा फलेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन, ‘हाम्रो दुःख र पसिना यसै गयो’ भन्दै किसानले सडकमा तरकारी फ्याकेका हुन् ।

सरकारले तरकारी उत्पादक किसनको समस्या पटक्कै नसुनेको भन्दै तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले ‘बारीमा जाउँ भविष्य छैन’, ‘खाडीमा जाउँ उमेर छैन’, ‘नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिंदैन’ भन्दै प्लेकार्ड र ब्यानर बोकेर सरकारी नीतिको बिरोध गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनका किसानहरुको यो समस्यालाई कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गरे पनि बेवास्था गरेको किसानहरुको गुनासो छ ।

लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग किसानहरुको थियो । किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

स्वदेशमा उत्पादन भएको तरकारी वोकेका सवारी साधनलाई भीसीटिएस भए नभएको नाममा नेपाल प्रहरी, ट्राफिक प्रहरी र शसस्त्र प्रहरीले दुःख दिने गरेको किसानहरुको गुनासो छ । तर भारतीय ट्रकहरु भने निर्वाधरुपमा काठमाडौंमा भित्रने गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०७९ माघ २०, १७: ३०

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २०, १७: ३०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ २०, १७: ३०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...