राष्ट्रिय सभा उपाध्यक्षमा माओबादी केन्द्रकी अर्यालको मात्र उम्मेदवारी – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

राष्ट्रिय सभा उपाध्यक्षमा माओबादी केन्द्रकी अर्यालको मात्र उम्मेदवारी


काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा माओबादी केन्द्रकी सांसद सदस्य उर्मिला अर्यालले मात्र उम्मेदवारी दिएकी छन् । राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि अर्यालको एक मात्र उम्मेदवारी दर्ता भएको हो । एक मात्र उम्मेदवारी दर्ता भएपछि अर्याल राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुने निश्चित जस्तै छ ।

अर्यालको प्रस्तावकमा माओबादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठ, एमालेको राष्ट्रिय सभामा संसदीय दलको नेता समेत रहेको देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा समर्थक रहेका छन् । सोमबार हुने निर्वाचनका लागि सचिवालयले आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ २२, १५: ३७

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २२, १५: ३७

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ २२, १५: ३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...