नारायणगढ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुसँग छलफल गरेर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने बताएका छन् ।
नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनको आज सौराहामा उद्घाटन गर्दै डा. कोइरालाले सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेर आरोप लगाए पनि संसद्को ठूलो दल भएकाले आफूहरुको जिकिर स्वभाविक रहेको बताएका हुन् ।
कांग्रेसले प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने भन्दै उनले अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेकोले यस्तो समस्या समाधान गर्न कांग्रेस छलफलमा क्रियाशिल भएको बताए ।
नेता कोइरालाले स्वतन्त्र न्यायपालिका र स्वतन्त्र संचार लोकतन्त्रको पहरेदार भएको जनाए । उनले भने ‘संविधान अनुसार संघीय संरचना बमोजिम आवधिक निर्वाचन गराउँदा लोकतन्त्रलाई बलियो बनाएको छ । अब चितवन क्षेत्र नम्वर दुईमा कांग्रेसले अभिभावकत्व लिन्छ ।’
कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेस जगतमाथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताए । उनले पार्टीभित्र संगठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण कांग्रेस कमजोर भएको बताए ।
सो अवसरमा पार्टी केन्द्रीय सदस्यहरु डा. गोविन्द पोखरेल, अजयबाबु शिवाकोटी, कांग्रेसका धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, चितवन जिल्ला सभापति राजेश्वर खनाल, नुवाकोट जिल्लाका पूर्वसभापति जगदीशवर नरसिंह केसी, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी लगायतले लोकतन्त्रमा प्रेसको भूमिका जिम्मेवार हुनु पर्नेमा जोड दिए ।
प्रेस युनियनका बागमति प्रदेश संयोजक मुरारी अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष शिव लम्शालले युनियनको संगठनलाई देशव्यापी परिचालित र क्रियाशिल बनाउने तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा पहरेदारको भूमिका खेल्ने बताए । प्रेस युनियन बागमति प्रदेशकाे साे अधिवेसनले सर्वसम्मतले नेतृत्व चयन गर्ने र त्यसका लागि पहल भइरहेकाे बुझिएकाे छ ।
विराटनगर । काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था आएको छ । बुधबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की...
काठमाडौं। नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबी लामिछानेबिरुद्ध करिव आधा दर्जन सहकारीका...
विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई...