
काठमाडौं । संघीय संसदमा नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा स्वीकार गर्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई सुविधा दिएकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
देउवा नेता भएको दल नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारद्वारा सदनमा पेश गरेको विश्वासको मतको पक्षमा मतदान गरेको भन्दै उनलाई विपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले देउवालाई विपक्षि दलको नेताको सुविधा दिने निर्णय गर्ने सभामुख देवाराज घिमिरेसँग जवाफ माग गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउन आदेश दिएकी छन् ।
कांग्रेसलाई प्रमुख प्रतिपक्ष र कांग्रेस संसदीय दलका नेता देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै अधिवक्ता विमल पोखरेलले रिट हालेका थिए।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न मंगलबार आदेश दिएकी थिइन् । सोही आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको थियो । यसअघि सर्वोच्च अदालतका रजिस्ट्रारले सो रिट निवेदन दरपीठ गरेका थिए।
प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै कांग्रेसले गत पुस २९ गते निवेदन दिएको थियो। तर कांग्रेसलाई माघ ४ गतेको मितिमा संघीय संसद सचिवालयले उक्त मान्यता दिएको थियो।
प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधा माग्दै कांग्रेसले पुस २९ मा सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको थियो।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...