
काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई आज शुक्रबार संवोधन गरेकी छन् ।
संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठकलाई संवोधन गर्न राष्ट्रपति भण्डारी दिउँसो तीन बजेर १० मिनेटमा संघीय संसद भवन नयाँ वानेश्वर पुगेकी थिइन् ।
राष्ट्रपति भण्डारीलाई प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले स्वागत गरेका थिए । बैठकको संयुक्त अध्यक्षता सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा गरेका थिए ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले अध्यक्षता गर्ने आसन राष्ट्रपतिको आसनबाट दायाँ र बायाँ राखिएको थियो । राष्ट्रपति भण्डारीले सदनको सयुक्त बैठकलाई संवोधन गर्ने कार्यक्रमको प्रत्यक्ष सहभागि हुन उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका प्रधानन्यायाधिश हरिकृष्ण कार्की, कुटनीतिक नियोगका नेपालस्थित प्रतिनिधिहरुको सहभागिता छ ।
राष्ट्रपति भण्डारीले संवोधन गर्ने मन्तव्यको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका थिए । राष्ट्रपति भण्डारीको संघीय संसदको संयुक्त बैठकलाई संवोधन गर्ने यो कार्यक्रम उनको कार्यकालको सम्भवत अन्तिम कार्यक्रम हो । राष्ट्रपति भण्डारीको कार्यकालय यही फागुन २८ गते समाप्त हुँदै छ।
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...