राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको संयुक्त बैठकलाई संवोधन – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको संयुक्त बैठकलाई संवोधन

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद्‍ भवन उपस्थित हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई आज शुक्रबार संवोधन गरेकी छन् ।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठकलाई संवोधन गर्न राष्ट्रपति भण्डारी दिउँसो तीन बजेर १० मिनेटमा संघीय संसद भवन नयाँ वानेश्वर पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले स्वागत गरेका थिए । बैठकको संयुक्त अध्यक्षता सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा गरेका थिए ।

सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले अध्यक्षता गर्ने आसन राष्ट्रपतिको आसनबाट दायाँ र बायाँ राखिएको थियो । राष्ट्रपति भण्डारीले सदनको सयुक्त बैठकलाई संवोधन गर्ने कार्यक्रमको प्रत्यक्ष सहभागि हुन उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका प्रधानन्यायाधिश हरिकृष्ण कार्की, कुटनीतिक नियोगका नेपालस्थित प्रतिनिधिहरुको सहभागिता छ ।

राष्ट्रपति भण्डारीले संवोधन गर्ने मन्तव्यको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका थिए । राष्ट्रपति भण्डारीको संघीय संसदको संयुक्त बैठकलाई संवोधन गर्ने यो कार्यक्रम उनको कार्यकालको सम्भवत अन्तिम कार्यक्रम हो । राष्ट्रपति भण्डारीको कार्यकालय यही फागुन २८ गते समाप्त हुँदै छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ २७, १५: ३६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २७, १५: ३६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ २७, १५: ३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...