
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीको क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को १५ औँ वार्षिकोत्सव समारोहलाई सोमबार संवोधन गर्दै मन्त्री खानले मन्त्रालयल र खानेपानीसँग सरोकार भएका निकायले गल्ती गरे त्यसलाई सार्वजनिक गरेर सञ्चारमाध्यमले सहयोग गर्नु पर्ने बताए ।
खानेपानीको मिटरमा समस्या भएको भन्ने ग्राहकको गुनासो बढेकाले त्यसको छिटो समाधान गर्न केयुकेएलका अधिकारीहरुलाई निर्देशन दिँदै मन्त्री खानले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्व हुने बताए ।
संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनु पर्छ भन्दै मन्त्री खनाले काठमाडौँ उपत्यकाका सबै स्थानमा समानुपातिक रूपमा खानेपानी वितरण गर्न निर्देशन दिए ।
उनले नेपालले प्रतिबद्धता जनाए अनुसार दिगो विकास लक्ष्य ०३० सम्म पुरा ग र्न ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यालाई स्वच्छ खानेपानी पुर्याउनु पर्नेमा जोड दिए । मन्त्रालयकाे नीति निर्माण गर्ने तहमा रहेकाहरूले तल्लाे तहका कर्मचारीकाे समस्या बुझ्न नखाेजेकाे भन्दै भेडाहरूकाे सख्या धेरै भए पनि बाघले जंगलकाे राजा बनिरहन निर्वाचनकाे बेला मात्र शाकाहारी भएकाे नाटक गर्ने गरेकाे कथा सुनाए ।
मन्त्रालयका सचिव इञ्जिनियर मणिराम गेलालले काठमाडौँ उपत्यकामा हाल दैनिक ४७ करोड लिटर पानीको माग रहेको जनाउँदै मेलम्चीबाट १७ करोड लिटर र बागमती नदीलगायत स्रोतबाट दैनिक १३ करोड गरी ३० करोड लिटरमात्र आपूर्ति गर्न सकिएको बताए ।
राजधानीवासीलाई स्वच्छ पानी वितरण गर्न मन्त्रालयले वैकल्पिक स्रोतको अध्ययन भइरहेको उनले जनाए । ‘स्काडा’ प्रणालीअनुसार पानी वितरणको तयारी गरिएकाले कर्मचारीले यसमा चुस्तदुरुस्त हुनुपर्ने गेलालको भनाइ थियो ।
सचिव गेलालले सिंहदरबारभित्र पनि मेलम्चीको पानी प्रवेश गराइएकाले अब बोत्तललाई विस्थापित गरिने दाबी गरे । खानेपानी महसुल निर्धारण आयोगका दुई सदस्य पदपूर्तिका लागि दुईपटक विज्ञापन गर्दा पनि आवेदन नपरेकाले फेरि तेस्रोपटक विज्ञापन गर्न लागिएको पनि उनले सुनाए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले केयुकेएलबाट वितरण भएको पानीले झरना बन्ने गरेको अनुभव सुनाए । केहीदिनअघि नगरपालिकाको नारायणटार पुल क्षेत्रमा पानी चुहावट भएर आकर्षक झरना देखिएपछि आफूले लिमिटेडका कर्मचारीलाई खबर गरी व्यवस्थापन गर्न लगाएको सुनाए ।
गोकर्णेश्वर राजधानीका लागि पानी आपूर्ति गर्ने मुख्य स्रोत भएपनि नगरवासीले नै खानेपानी नपाएको उनको भनाइ छ ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले शिवपुरी र सुन्दरीजल क्षेत्रका एउटै घरमा तीन वटासम्म पानीका धारा भेटिएकाले लिमिटेडलाई नियमन गर्न आग्रह गरे । केही दिनअघि नगरपालिकाको नीलो पुल क्षेत्रमा चोरीको धारा बन्द गराउन जाँदा चोरेर पानी खान पाएकाहरुले महसुल नतिर्ने गरेको उनले गुनासो गरे ।
महसुल निर्धारण आयोगका अध्यक्ष जनार्दन अर्याल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जीवविक्रम राणा, लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटा, केयुकेएलका उपकार्यकारी निर्देशक ज्ञानेन्द्रबहादुर कार्की, आधिकारिक ट्रेड युनियनका अध्यक्ष नवलसिंह सावद, अर्थ तथा प्रशासन विभाग प्रमुख विजय तिमल्सिनालगायतले सेवा सञ्चालन गर्न पुग्ने गरी महसुल निर्धारण हुनुपर्नेमा जोड दिए ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...