पूर्वबैंकर रविना देशराजले प्रेमीसँग गरिन् इन्गेजमेन्ट – Naya Bikalpa
June 1, 2023, Thursday

पूर्वबैंकर रविना देशराजले प्रेमीसँग गरिन् इन्गेजमेन्ट

काठमाडौं । पूर्वबैंकर रविना देशराजले आफ्ना प्रेमीसँग मंगलबार भ्यालेन्टाईन दिवसको मौकामा इन्गेजमेन्ट गरेकी छन् ।

रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् । नेपाल मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज भएको)को कामु सीईओ (प्रमुख कार्यकारी अधिकृत) भएर सफलतापूर्वक जिम्मेवारी सम्हालेकी रविना चर्चित अभिनेता आयुस्मान देशराजकी आमा र प्रियङ्का कार्कीकी सासु आमा हुन् ।

रविनाले यसबारे इन्ट्राग्राम अकाउन्टमा प्रेमीसँग अँगालो हालेको तस्बीरहरु सेयर गरेकी छन् । ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ’। रविनाले लेखेकी छन् ।

‘बधाइ छ, नयाँ सुरुवात’ भन्दै रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् । उनी अहिले प्रेमीसँग रमाइला क्षण बिताइरहेकी छिन् ।

मेगा बैंक छोडेको एक सातामै बैंकर रविना देशराजले पुस १४ गते प्रेमी सार्वजनिक गरेकी थिइन् । सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले टु पीस र स्विमिङ कष्टम पहिरनमा तस्वीर सार्वजनिक भए पछि निकै चर्चामा आएकी थिइन् ।

औठी लगाएको फोटो इन्स्ट्राग्राममा राख्दै उनले इन्गेन्जमेन्ट गरेको सार्बजनिक गरेकी हुन । इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ । सार्वजनिक फोटोमा रविनाका छोरा–बुहारीले समेत बधाई दिएका छन् । मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजिनामा दिएर मुम्बई गएकी थिइन् ।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०७९ फाल्गुन ३, १५: ३९

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
  • २०७९ फाल्गुन ३, १५: ३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
  • २०७९ फाल्गुन ३, १५: ३९

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...