
काठमाडौं । पूर्वबैंकर रविना देशराजले आफ्ना प्रेमीसँग मंगलबार भ्यालेन्टाईन दिवसको मौकामा इन्गेजमेन्ट गरेकी छन् ।
रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् । नेपाल मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज भएको)को कामु सीईओ (प्रमुख कार्यकारी अधिकृत) भएर सफलतापूर्वक जिम्मेवारी सम्हालेकी रविना चर्चित अभिनेता आयुस्मान देशराजकी आमा र प्रियङ्का कार्कीकी सासु आमा हुन् ।
रविनाले यसबारे इन्ट्राग्राम अकाउन्टमा प्रेमीसँग अँगालो हालेको तस्बीरहरु सेयर गरेकी छन् । ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ’। रविनाले लेखेकी छन् ।

‘बधाइ छ, नयाँ सुरुवात’ भन्दै रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् । उनी अहिले प्रेमीसँग रमाइला क्षण बिताइरहेकी छिन् ।

मेगा बैंक छोडेको एक सातामै बैंकर रविना देशराजले पुस १४ गते प्रेमी सार्वजनिक गरेकी थिइन् । सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले टु पीस र स्विमिङ कष्टम पहिरनमा तस्वीर सार्वजनिक भए पछि निकै चर्चामा आएकी थिइन् ।

औठी लगाएको फोटो इन्स्ट्राग्राममा राख्दै उनले इन्गेन्जमेन्ट गरेको सार्बजनिक गरेकी हुन । इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ । सार्वजनिक फोटोमा रविनाका छोरा–बुहारीले समेत बधाई दिएका छन् । मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजिनामा दिएर मुम्बई गएकी थिइन् ।



काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...