आठ दलको सहयोगमा कांग्रेसका रामचन्द्रले दिए राष्ट्रपतिमा उम्मेदवारी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
प्रस्तावकमा देउवा, नेपाल, श्रेष्ठ, राई र खान, समर्थकमा ठाकुर, खड्का, केसी र पाण्डे

आठ दलको सहयोगमा कांग्रेसका रामचन्द्रले दिए राष्ट्रपतिमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका रामचन्द्र पौडेलले आफ्नै पार्टी कांग्रेससहित आठ दलको प्रस्ताव र समर्थनमा राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन ।

संसद सचिवालयका अनुसार प्रस्तावकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ, जनता समाजबादी पार्टीका अशोक कुमार राई र जनमत पार्टीका अब्दुल खान रहेका छन्।

नेता पौडेलको समर्थकमा लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र माओबादी केन्द्रका हितराज पाण्डे रहेका छन्।

यसअघि शुक्रबार आठ दलका नेताको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । त्यस्तै कांग्रेस पदाधिकारी बैठकले शनिबार बिहान कांग्रेस नेता पौडेललाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको थियो ।

नेता पौडेल तनहुँ क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनीसँगै कांग्रेसबाट कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपति पदमा आकांक्षा देखाएका थिए ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन १३, १६: ५३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन १३, १६: ५३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन १३, १६: ५३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...