
काठमाडौं । नेपाली कांग्रेसका रामचन्द्र पौडेलले आफ्नै पार्टी कांग्रेससहित आठ दलको प्रस्ताव र समर्थनमा राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन ।
संसद सचिवालयका अनुसार प्रस्तावकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ, जनता समाजबादी पार्टीका अशोक कुमार राई र जनमत पार्टीका अब्दुल खान रहेका छन्।
नेता पौडेलको समर्थकमा लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र माओबादी केन्द्रका हितराज पाण्डे रहेका छन्।
यसअघि शुक्रबार आठ दलका नेताको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । त्यस्तै कांग्रेस पदाधिकारी बैठकले शनिबार बिहान कांग्रेस नेता पौडेललाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको थियो ।
नेता पौडेल तनहुँ क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनीसँगै कांग्रेसबाट कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपति पदमा आकांक्षा देखाएका थिए ।

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...