सरकारलाई दिएको समर्थन फिर्ता नलिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने निर्णय गर्न सकेन

सरकारलाई दिएको समर्थन फिर्ता नलिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्र्टीले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेका उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुभाषाचन्द्र नेम्वाङमध्ये कसलाई मत दिने भन्ने विषयमा ठोस निर्णय गर्न सकेन ।

बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय नभएको बताए ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी माघ २२ गतेदेखि नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । पुस १० गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्र्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

यो गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् । भने समर्थन पनि फिर्ता लिएका छन् । सोमबारको बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल गरेको छ । बैठकले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउने अख्तियारी सहमहामन्त्री बुर्लाकोटीलाई दिएको छ ।

 

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन १५, १४: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन १५, १४: १२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन १५, १४: १२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...