
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्र्टीले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेका उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुभाषाचन्द्र नेम्वाङमध्ये कसलाई मत दिने भन्ने विषयमा ठोस निर्णय गर्न सकेन ।
बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय नभएको बताए ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी माघ २२ गतेदेखि नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । पुस १० गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्र्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
यो गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् । भने समर्थन पनि फिर्ता लिएका छन् । सोमबारको बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल गरेको छ । बैठकले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउने अख्तियारी सहमहामन्त्री बुर्लाकोटीलाई दिएको छ ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...