
काठमाडौँ । एकीकृत समाजवादीका नेताहरूसँग नेकपा एमालेका शीर्ष नेताहरूले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत हाल्न आग्रह गरेका छन् ।
नेम्वाङको पक्षमा मत माग्न एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए ।
एमाले नेताहरु नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङसहितले नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुषालसहितका पार्टीका पदाधिकारीहरूसँग भेटेर लामो कुराकानी गरेका छन् ।
आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको दुई पार्टीका नेताहरूको भेटमा एमाले नेताहरूले मत माग्नुका साथै पार्टी एकताको प्रस्ताव गरेका थिए ।
भेटवार्तापछि एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल चलाउने पार्टी निर्णय अनुसार एकीकृत समाजवादीका नेताहरूसँग पहिलो भेटवार्ता गरेको बताए ।
सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न अपिल र आग्रह ग¥यौँ, कुराकानी सकारात्मक कुरा भयो’, गुरुङले भने, ‘अव दुई पार्टीबीचको एकता प्रक्रिया अघि बढाउन चुनौतिकाबीचमा अवसर प्राप्त भएको छ । त्यो अवसरलाई अधिकतम प्रयोग गर्नुपर्छ भन्ने कुरा हाम्रोबीचमा एक खालको सहमति भएको छ ।’
उनले पुन भेटघाट र छलफल गर्दै अघि बढ्ने साझा सहमति बनाउन दुवै पक्षबीच सहमति भएको दाबी गरे । विगतका आग्रहपूर्वाग्रह, रिसराग द्वेष छाडेर अघि बढ्न दुवै पक्ष तयार भएको बताए ।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुबीच संवादको थालनी भएको भन्दै यसले सकारात्मक सन्देश दिएको बताए । एमाले नेताहरूले बिहीबारै राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षलाई भेटेर मत मागेका छन् ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...