
काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको भन्दै पक्राउ परेका दुई सैन्य अधिकृतलाई अदालतमा उपस्थित गराउनु भन्ने सर्वोच्च अदालतको आदेशलाई नेपाली सेनाको जंगी अड्डा नमान्ने संकेत देखाएको छ ।
उपरथी शाहीलाई सघाएको आरोपमा पक्राउ परेका नेपाली सेनाको कानुन हेर्ने निकाय प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिम्सिना र महासेनानी महेन्द्रजंग शाहलाई तीन दिनभित्र उपस्थित गराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो। तर सर्वोच्चको सो आदेशलाई घुमाउरो पाराले अश्वीकार गर्न सेनाले पत्र नै बुझ्न आनाकानी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले म्याद सूचना प्राप्त भएको मितिले ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतले अनुसन्धान सम्बन्धी मुख्य कागजातहरुको प्रमाणित प्रतिलिपि समेत मगाएको छ।
बिहीबार सर्वोच्चको आदेश दर्ता गर्न पुगेका अदालतका कर्मचारी र आफन्तलाई जंगीअड्डाको दर्ता शाखा पुगेका थिए । तर, सेनाले आदेश दर्ता गर्न अटेर गरेको छ । जंगी अड्डा प्रतिकुलका आदेश वा पत्रहरु जंगी अड्डाका सैन्य अधिकृत र कर्मचारीले बुझ्न नमान्ने पुरानै संस्कार हो ।
पत्र बुझ्ने कर्मचारी बैठकमा गएको भनेर तीन घन्टाभन्दा बढी कुराएको र अन्तिममा पत्र नबुझेको पारिवारिक श्रोतले बतायो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले यस सम्वन्धमा कुनै पनि प्रतिक्रिया वा सूचना सार्वजनिक गरेको छैन ।
शाह सेनाको मानवअधिकार निर्देशनालयमा र तिम्सिना पूर्वीपृतना प्राड शाखा कार्यालयमा कार्यरत थिए । बुधबार जंगीअड्डा बोलाइएका उनीहरुलाई उपस्थित हुने वित्तिकै नियन्त्रणमा लिइएको थियो। केहीअघि उनीहरुको मोबाइल समेत सेनाले नियन्त्रणमा लिएको थियो।
सेनाले दुवै जनालाई पक्राउ गरिएको समेत स्वीकारेको थिएन । तर, साँझ उनीहरुलाई हिरासतमा राखिएको छ । पक्राउ परेलगत्तै गैरकानूनीरुपमा थुनामा राखिएको भन्दै दुवै सैनिक अधिकृतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।
सेनाले भने उनीहरुलाई सोधपुछ मात्र गरिएको जनाएको छ । केही दिनदेखि जिम्मेवारी खोसिएका दुबै सैन्य अधिकृतलाई बुधबार सैनिक प्रहरीले पक्राउ गरेको थियो । सैनिक अनुशासन विपरितको कार्य गरेको अभियोगमा थुनामा राखिएलगत्तै उनीहरुको तर्फबाट अदालतमा रिट परेको थियो ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...