पीएनजीविरुद्ध नेपालको सानदार जीत – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पीएनजीविरुद्ध नेपालको सानदार जीत


काठमाडौं । विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाल विजयी भएको छ । आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी हुँदै अलआउट भएर २९७ रन जोडेको थियो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भएको हो नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।

आसिफ शेखले एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गर्दै ११० बलमा १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

आजको जितसँगै नेपालले ३३ खेलबाट १६ जित र १५ हारको नतिजासहित ३४ अंक जोडेको छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट हुन नेपालले बाँकी तीनै खेलमा जित हात पार्नु पर्ने हुन्छ ।

नेपालका लागि कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरे ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ फाल्गुन २५, १७: ३२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ फाल्गुन २५, १७: ३२

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ फाल्गुन २५, १७: ३२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...