नेपाललाई पीएनजीले दियो ९६ रनको लक्ष्य, सन्दीपले लिए पाँच विकेट – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपाललाई पीएनजीले दियो ९६ रनको लक्ष्य, सन्दीपले लिए पाँच विकेट


काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीले नेपाललाई ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पीएनजीमाथि सुरूदेखि दवाब बनाएको थियो ।

३२ ओभरमा पीएनजीले सबै विकेट गुमाएर ९५ रनमा सिमित भएको हो । नेपालका स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै पीएनजीका महत्वपूर्ण पाँच विकेट लिएका छन् । अर्का स्पिनर ललित राजवंशी र कुसल मल्लले समान दुई दुई विकेट लिएका छन् ।

पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे ।

नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ फाल्गुन २९, १२: ३१

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ फाल्गुन २९, १२: ३१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७९ फाल्गुन २९, १२: ३१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...