
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार हुने नेपाल र युएईबीचको क्रिकेट खेल हेर्न त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्।
नेपाली खेलाडीलाई हौसला वदिन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आफू नेपालका क्रिकेट खेलाडीको साथमा रहेको भन्दै नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका थिए।
नेपाल आज युएईसँगको खेलमा जित निकाल्न सकेमा विश्वकप छनोटमा सोझै स्थान बनाउने निश्चित छ। लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ भने युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ।
हालसम्मको खेलबाट नेपालको ३८ र नामिबियाको ३९ अंक छ। आजको खेलको नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ। नेपाल पराजित भएमा नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ । पहिलो र दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन्।
नेपाल जारी सिरिजमा अपराजित भएकाले आज पनि त्यसैलाई निरन्तरता दिने लक्ष्यमा छ। २८ फागुनमा युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...