
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान गर्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई आफ्नो सरकारी निवास शीतलनिवास बोलाएका छन्।
राष्ट्पचि पौडेलसँग आजै राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। खेलाडीहरुसँगै प्रमुख प्रशिक्षक मोन्टी देसाई पनि सम्मानित हुने भएका छन् ।
खेलाडी, प्रशिक्षकसँगै क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको सिङ्गो टिम सम्मानित हुने राष्ट्रपति सचिवालयका खिला कार्कीले बताए।
नेपालले बिहीबार युनाइटेड अरब इमिरेट्स् (युएई)लाई डकवर्थ लुइस पद्धतिअनुसार नौ विकेटले हराउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका थियो।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...