काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, विकास, सुशासन र समृद्धिको बाटोमा लाग्न सरकारका मन्त्री र जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्।
नेपालको संविधानको धारा ६२ बमोजिम गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएपछि संघीय संसद र प्रदेश सभाका सदस्यहरुलाई धन्यवाद दिन राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा शनिबार विहान आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन्।
उनले प्रदेश र स्थानीय तहका साथै नीजि क्षेत्रको समेत सहकार्यमा उच्चतम प्रतिफल प्राप्त गरी प्रतिफलको समुचित वितरणबाट जनताको ईच्छा र आकांक्षा सम्बोधन गर्नु पर्नेतर्फ जनप्रतिनिधिहरुको ध्यानाकर्षण समेत गराए ।
‘मेलमिलाप र राष्ट्रिय एकताकै माध्यमबाट हामीले कठिन समयमा पनि समस्याको सहज समाधान निकाल्न सकेको इतिहास मनन् गर्दै हामी सवै एकतावद्ध हुन जरुरी छ’, राष्ट्रपति पौडेलले संवोधनमा भने।
उनले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान, सुशासन, व्यवस्थाको अभ्यास प्रभावित हुने भएकाले संविधानले निर्दिष्ट गरे बमोजिम कार्य;म्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध हुने प्रण गरेका छन्।
नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने, संवैधानिक जिम्मेवारी आफ्ना मार्गदर्शक सिद्धान्त रहेने जनाए। राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षरस भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिका आकांक्षा पूार गर्ने राष्ट्रिय अभियानमा सँधै तत्पर रहने राष्ट्रपति पौडेलले बताए।
‘लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ हामी सजग रहन जरुरी छ भन्नेमा म दृढ छु’ राष्ट्रपति पौडेलले भने, ‘मुलुकमा अहिले पनि थुप्रै चुनौतीहरु छन्। कोभिड माहामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखापर्न थालेका असरहरुको न्यूनिकरण तथा राजनैतिक उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु।’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...