‘भीआईपी जुवाडे’को तिहार प्रहरी खोरमै – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

‘भीआईपी जुवाडे’को तिहार प्रहरी खोरमै

काठमाडौं । दुई करोड ६७ लाखभन्दा बढी रकमसहित कुकुर तिहारको दिन जुवा खालबाट पक्राउ परेका हाइप्रोफाइल जुवाडेको लक्ष्मी पुजा, भाई टिका र छठ पूजा समेत प्रहरीको खोरमा वितेको छ ।

सर्वोच्च अदालतका न्यायाधिश पुरुषोत्तम भण्डारीको इजलासले महाराजगञ्जस्थित साम्वला होटलपछि विक्रम गौतमको घरबाट रकमसहित पक्राउ परेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार दिएको बन्दीपत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन आदेश दिएका थिए ।

तर, उनीहरुलाई थुनामुक्त भएर मुद्धा लड्ने सुविधा भने अदालतले दिएन । अन्य निवेदकको निवेदनसमेत सँगै राखेर ल्याउन प्रहरीलाई अदालतले आदेश दिँदा प्रहरी हिरासतवाहिर बसेरै मुद्धा लड्न पाउने आशा गरेका थिए । तर जिल्ला अदालतले प्रहरीलाई भीआईपी जुवाडेलाई अनुसन्धान गर्न एक साता समय दिएको थियो ।

पक्राउ परेका क्यासिनो किङ भनेर चिनिएका बलराम सापकोटासहित ६ जनाले हिरासत वाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा रिट दिएका थिए । आइतबार तिहारको सार्वजनिक बिदा भए पनि सर्वोच्चको इजलास तीन बजेसम्म खुल्ला थियो तर महानगरिय प्रहरी बृत्त महाराजगञ्जले तीन बजेपछि मात्र रिट निवेदकलाई सर्वोच्च लगेपछि न्यायलयका कर्मचारीले निवेदकलाई बुधबार आउन समय दिएका थिए ।

बुधबार पनि पक्राउ परेका थप ६ जनाको निवेदनसमेत एकै साथ राखेर ल्याउन न्यायाधिशले आदेश दिएका थिए । प्रहरीले जुवाको खालबाट प्रक्राउ गरेकामध्ये बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन आइतबार सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

पक्राउ पर्नेमा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, रामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन् । महानगरिय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायव उपरिक्षक उमेश लम्साल नेतृत्वको टोलीले शनिबार राति छापा मारेर एक साथ २५ जुवाडेलाई गिरफ्तार गरेको थियो ।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७६ कार्तिक १९, ०८: २३

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७६ कार्तिक १९, ०८: २३

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७६ कार्तिक १९, ०८: २३

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...