प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी – Naya Bikalpa
September 30, 2023, Saturday

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको उद्घाटन, शिलान्यास र समझदारी पत्रमा हस्ताक्षर भएको छ।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीले विहीबार नयाँदिल्ली स्थित हैदरबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलन गर्दै दुई देशबीचको सम्वन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा दुई देशबीच ट्रान्जिट सम्झौतासहित कनेक्टिभिटीका केही सम्झौता भएका छन्। दुवैप्रधानमन्त्रीले दुई वटा परियोजनाको उद्घाटन तीन वटा परियोजनाको शिलान्यास गरे भने पाँच वटा परियोजनाको समझदारी पत्र आदान प्रदान भयो।

हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशका मन्त्री, सचिव र आयोजना प्रमुखबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।
दुवै देशका प्रधानमन्त्रीहरुले नेपालको नेपालगञ्ज र भारतको रूपैडिया सीमामा निर्माण भएको संयुक्त जाँच चौकी (इन्टिग्रेटेड चेकपोस्ट) र भारतको बथनाहदेखि नेपालको बिराटनगरसम्मको कार्गोरेल सेवाको उद्घाटन गरे।

दुवै प्रधानमन्त्रीले भारतको सुनौली र नेपालको भैरहवा सीमामा निर्माण गरिने संयुक्त जाँच चौकी (इन्टिग्रेटेड चेकपोस्ट) र नेपालको अमलेखगञ्जदेखि चितवनको लोथलसम्म निर्माण गरिने पेट्रोलियम पाईपलाईनको शिलान्यास गरे।

दुवै प्रधानमन्त्रीले भारतको गोरखपुरदेखि नेपालको न्यू बुटवलसम्म निर्माण गरिने ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईनको शिलान्यास गरे।

दुवै प्रधानमन्त्रीको उपस्थितिमा पश्चिम बंगालको सिलीगुड़ी देखि झापाको चारआलीसम्म भारत सरकारको सहयोगमा पेट्रोलियम पाइपलाईन निर्माण गर्ने कार्यको समझदारी भएको छ भने अन्तरदेशीय भुक्तानी सुविधा (क्रस बोर्डर पेमेन्ट सर्भिस) प्रदान गर्ने विषयमा समझदारी भएको छ।

यस्तै नेपालको कञ्चनपुरस्थित महाकाली नदि पश्चिमको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने समझदारी पत्रमा दुबै देशका अधिकारीहरुबीच भएको सम्झौता आदान प्रदान गरियो ।

भारत सरकारले तल्लो अरूण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने विषयमा दुबै देशका अधिकारीबीच समझादारी पत्रमा हस्ताक्षर भयो ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० जेष्ठ १८, १४: ३६

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० जेष्ठ १८, १४: ३६

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० जेष्ठ १८, १४: ३६

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...