प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको उद्घाटन, शिलान्यास र समझदारी पत्रमा हस्ताक्षर भएको छ।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीले विहीबार नयाँदिल्ली स्थित हैदरबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलन गर्दै दुई देशबीचको सम्वन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा दुई देशबीच ट्रान्जिट सम्झौतासहित कनेक्टिभिटीका केही सम्झौता भएका छन्। दुवैप्रधानमन्त्रीले दुई वटा परियोजनाको उद्घाटन तीन वटा परियोजनाको शिलान्यास गरे भने पाँच वटा परियोजनाको समझदारी पत्र आदान प्रदान भयो।

हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशका मन्त्री, सचिव र आयोजना प्रमुखबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।
दुवै देशका प्रधानमन्त्रीहरुले नेपालको नेपालगञ्ज र भारतको रूपैडिया सीमामा निर्माण भएको संयुक्त जाँच चौकी (इन्टिग्रेटेड चेकपोस्ट) र भारतको बथनाहदेखि नेपालको बिराटनगरसम्मको कार्गोरेल सेवाको उद्घाटन गरे।

दुवै प्रधानमन्त्रीले भारतको सुनौली र नेपालको भैरहवा सीमामा निर्माण गरिने संयुक्त जाँच चौकी (इन्टिग्रेटेड चेकपोस्ट) र नेपालको अमलेखगञ्जदेखि चितवनको लोथलसम्म निर्माण गरिने पेट्रोलियम पाईपलाईनको शिलान्यास गरे।

दुवै प्रधानमन्त्रीले भारतको गोरखपुरदेखि नेपालको न्यू बुटवलसम्म निर्माण गरिने ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईनको शिलान्यास गरे।

दुवै प्रधानमन्त्रीको उपस्थितिमा पश्चिम बंगालको सिलीगुड़ी देखि झापाको चारआलीसम्म भारत सरकारको सहयोगमा पेट्रोलियम पाइपलाईन निर्माण गर्ने कार्यको समझदारी भएको छ भने अन्तरदेशीय भुक्तानी सुविधा (क्रस बोर्डर पेमेन्ट सर्भिस) प्रदान गर्ने विषयमा समझदारी भएको छ।

यस्तै नेपालको कञ्चनपुरस्थित महाकाली नदि पश्चिमको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने समझदारी पत्रमा दुबै देशका अधिकारीहरुबीच भएको सम्झौता आदान प्रदान गरियो ।

भारत सरकारले तल्लो अरूण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने विषयमा दुबै देशका अधिकारीबीच समझादारी पत्रमा हस्ताक्षर भयो ।

सम्बन्धित समाचार

आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : कांग्रेस सभापति थापा
  • २०८० जेष्ठ १८, १४: ३६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...

पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
  • २०८० जेष्ठ १८, १४: ३६

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...

तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी
तुलसीलाल अमात्यले जनताको अधिकारका लागि जीवन समर्पित गर्नुभयो : पूर्वराष्ट्रपति भण्डारी
  • २०८० जेष्ठ १८, १४: ३६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै...