काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार जस्ता महत्वपूर्ण विषयमा छलफल भएको बताएका छन्।
विहीबार अपरान्ह ट्विट गर्दै मोदीले प्रधानमन्त्री दाहालसँगको कुराकानी नेपाल र भारतबीच केही वर्षदेखिको अझ उन्नत र फलदायी सम्वन्ध र भविश्यमा गहिरो सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको बताएका छन्।
चार दिने भारत भ्रमणमा आएका नेपालका प्रधानमन्त्री दाहालसँग विहीबार दिउँसो भएको भेटघाट र कुराकानीका विषयमा संक्षिप्त जानकारी दिँदै मोदीले यस्तो बताएका हुन्।
यसैबीच भारतीय उपराष्ट्रपति जगदीप धनकरले नेपाल र भारतबीचको पुरानो सांस्कृतिक सम्वन्धले नेपाल र भारतलाई बलियोसँग जोडेको प्रतिक्रिया दिएका छन्। नेपालका प्रधानमन्त्री दाहालसँगको भेटपछि ट्विट गर्दै उनले यस्तो बताएका हुन्।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...