
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार जस्ता महत्वपूर्ण विषयमा छलफल भएको बताएका छन्।

विहीबार अपरान्ह ट्विट गर्दै मोदीले प्रधानमन्त्री दाहालसँगको कुराकानी नेपाल र भारतबीच केही वर्षदेखिको अझ उन्नत र फलदायी सम्वन्ध र भविश्यमा गहिरो सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको बताएका छन्।

चार दिने भारत भ्रमणमा आएका नेपालका प्रधानमन्त्री दाहालसँग विहीबार दिउँसो भएको भेटघाट र कुराकानीका विषयमा संक्षिप्त जानकारी दिँदै मोदीले यस्तो बताएका हुन्।

यसैबीच भारतीय उपराष्ट्रपति जगदीप धनकरले नेपाल र भारतबीचको पुरानो सांस्कृतिक सम्वन्धले नेपाल र भारतलाई बलियोसँग जोडेको प्रतिक्रिया दिएका छन्। नेपालका प्रधानमन्त्री दाहालसँगको भेटपछि ट्विट गर्दै उनले यस्तो बताएका हुन्।


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...
काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै...