
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रायोजक पाएको छ । एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको अन्तिम १० खेल बाँकी छँदा मुख्य प्रायोजक पाएको हो ।
कतार एयरवेजले जारी सिजन तथा आगामी सिजनका लागि पनि ‘ए’ डिभिजन लिगका लागि एन्फासँग सम्झौता गरेको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहले जारी सिजनको लिगका लागि कतार एयरवेजले ५० हजार अमेरिकी डलरको प्रयोजन गरेको बताए । उनका अनुसार आगामी सिजनका लागि भने कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ ।
‘हामीले सुरुवातबाटै १ लाख ५० हजार डलरको सम्झौताका लागि प्रयास गरेका थियौँ तर उनीहरुको कानूनी प्रकृयाका कारण त्यो सम्भव भएन । तर अन्तिम समयमा जति आयो त्यति लिने भनेर निर्णय गरेका हौँ,’ प्रवक्ता शाहले बताए ।
उनले जारी सिजनको लिगका लागि १२ करोड अनुमानित बजेट रहेको छ र मुख्य प्रायोजकबाट आएको रकम लिगमै खर्च हुुने बताए । जारी सिजनको लिग भने एक खेलअगावै चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले जितिसकेको छ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...